क्रमशः
विदेशी मुद्रा प्राप्तिको कागजात पछि पेश गर्न सकिनेः
दश हजार अमेरिकी डलर मूल्यसम्मका नेपालमा उत्पादन भएका मालवस्तु निकासी गर्दा निकासीकर्ताले विदेशी मुद्रा प्राप्तिको कागजात तत्काल पेश गर्न नसंक्ने अवस्था भएमा निकासीकर्ताले निकासी गरेको छ महिनाभित्र विदेशी मुद्रा भुक्तानी प्राप्तिको कागजात वा निकासी भएको मालवस्तु फिर्ता आएको भए सोको प्रमाण पेश गर्नु पर्ने शर्तमा निकासी गर्न दिइनेछ । उक्त अवधिभित्र भुक्तानीको कागजात वा निकासी भएको मालवस्तु फिर्ता आएको प्रमाण पेश नगरेमा भन्सार अधिकृतले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ. ।